• मंसिर १२ २०८१, बुधबार

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटका २४ आकर्षक बुँदाहरु

जेष्ठ १५ २०७८, शनिबार

काठमाडौँ /

नेपाल सरकारको तर्फबाट अध्यादेश मार्फत अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तूत गरेका छन्। शनिबार अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित एक समारोह मार्फत नेपालको वार्षिक बजेट प्रस्तूत गरेका हुन्। आर्थिक वर्ष २०७८/०७९ का बजेटका मुख्य आकर्षण खालका बुँदाहरु यस्ता रहेका छन्।

हेरौं

  1. कोरोना खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन
  2. वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो
  3. अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।
  4. निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।
  5. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ।
  6. युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।
  7. विद्यार्थीलाई निशुल्क सिमकार्ड र सहुलियत ऋणमा ल्यापटप उपलब्ध गराइने ।
  8. सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।
  9. उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।
  10. सरकारी कर्मचारीलाई १० दिन भ्रमण विदा दिइने ।
  11. महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।
  12. प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन ।
  13. दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।
  14. कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।
  15. गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।
  16. दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।
  17. ३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।
  18. वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।
  19. पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।
  20. आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।
  21. काठमाडौंमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।
  22. २०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।
  23. पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब ३५ करोड बढी हो ।
  24. साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट