काठमाडौँ/
नेपाल सरकारले जेष्ठ नागरिककको मासिक भत्ता बढाएर मासिक ४ हजार पुर्याएको छ। आर्थिक वर्ष २०७८/०७९को वार्षिक बजेट प्रस्तूत गर्दै अर्थमन्त्रि बिष्णु प्रसाद पौडेलले जेष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएर ४ हजार पुर्याइएको बताएका हुन्। मन्त्री पौडेलका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरिनेछ।
सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले आफ्नो बजेट भाषणमा उल्लेख गरे।
बढेको जेष्ठ नागरिक भत्ता आगामी साउन १ गतेबाट कार्यान्वयनमा आउने छ।