काठमाडौँ /
आगामी आर्थिक वर्षबाट शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ। अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले नेपाल सरकारको तर्फबाट आर्थिक वर्ष २०७८/०७९को अनुमानित बजेट प्रस्तूत गर्दै यस्तो जानकारी दिएका हुन्।
स्नातक भन्दा माथी योग्यता हासिल गरेका युवालाई यस्तो ऋण उपलब्ध गराइने र यसको अधिकतम व्याजदर ५ प्रतिशत हुने अर्थमन्त्री पौडेलले बताए।