• माघ १८ २०८१, शुक्रबार

अहिलेलाई नेता हुँ भन्न छोडिदेउ

जेष्ठ १४ २०७८, शुक्रबार

यहाँ चिन्ता त कुर्सीकै छ
मन्त्री बन्ने र प्रधानमन्त्री भन्ने होडबाजी छ
जनता उपचारका निम्ति तड्पिरहँदा
नेता भने आफ्नै स्वार्थ पुरा गर्न लिप्त छन् ।

हैन आजभोली त नेता हुँ भन्न पनि
कस्तो लाज नलागेको हो
खुरुखुरु फलानो पार्टी भन्दै हिँडेको छ
सहयोगको पोकोमा पनि पार्टीको पर्चा र चुनाब चिन्ह राखेको छ,
क्या गजब छ ! मैले यति गरें, उति गरें भनेर देखाउनलाई ।

क्यामरामा तस्विर कैद गरेर प्रचार गर्ने होडबाजी छ
यो मान्छे कुन पार्टीको भनेर
सहयोग गर्नु अगाडी सोध्छन् होला
कस्तो जनप्रतिनिधि चुनेउ भनेर
गाउँसहरका सर्वहारा जनता सोच्दै होलान्
अलिकति राजनैतिक पहुँच हुनेहरुलाई सबथोक छ,
गरिबका निम्ति न भोक, प्यास न निन्द्रा छ
यहाँ फोटो खिच्नेको पनि होडबाजी छ
भन्ने हो भने त फोटोको आतंक नै छ
कसले कति गर्यो भनेर देखाउने चलन छ
फोटो खिच्दा क्यामेरामा नअटाउने मानिसको जमात छ ।

सहयोग पाउने पनि छक्क पर्दै सोच्दै होला
बाहीर बाहीर हाँसेपनि भित्रभित्र रुँदै होला
यस्तै गरेर संसार हँसाउने काइदाको विधि छ,
जनतालाई खुशी पर्ने त कुनै कम गरेकै छैन
तैपनि म नेता हुँ भन्न कति रुचाएको होला
ए..बा अहिलेलाई नेता हुँ भन्न छोडिदेउ न
नेता शब्दको अपमान गर्न कहाँ पाइन्छ ?
आफू सुविधा सम्पन्न अस्पतालमा उपचार गरेर
जनतालाई चाहीँ तड्पाएर मार्न कहाँ पाइन्छ ?