काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेरी अस्पतालमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरूमाथि हमला गर्नु जघन्य अपराध भएको टिप्पणी गरेका छन् ।
शुक्रवार ट्वीट गर्दै डा. कोइरालाले सत्ता र पार्टीबाट संरक्षितहरुद्वारा महामारीको यस्तो विषम परिस्थितिमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरूमाथि हमला गर्नु जघन्य अपराध भएको बताएका हुन् । उनले चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्नेलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।
यस्तै आक्रमण गर्नेको पहिचान गरी सामाजिक बहिस्कार गर्न समेत उनले आह्वान गरेका छन् । सत्ता र पार्टीवाट संरक्षितहरुद्वारा महामारीको यस्तो विषम परिस्थितिमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरुमाथि हमला गर्नु जघन्य अपराध हो।
नेपालगञ्ज र बिराटनगरका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथि कानुनी कारवाही गरौं,सामाजिक बहिष्कार गरौं।