काठमाडौँ /
संसद विघटन विरुद्धमा परेका रिटहरुको सुनुवाई संवैधानिक इजलासमा सुरु भएको छ। प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराले नेतृत्व गरेको संवैधानिक इजलासमा परेका रिटहरुको बारेमा सुनुवाई सुरु भएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायधीशका अलावा न्यायधीशहरु बम कुमार श्रेष्ठ, तेज बहादुर केसी, आनन्दमोहन भट्टराई र दीपककुमार कार्की रहेका छन्।