• मंसिर ११ २०८१, मंगलवार

गोरखा बारपाकमा कोभिडसँग मिल्दोजुल्दो बिरामीको संख्या बढ्दो :गाउँपालिकाले माग्यो प्रदेश र केन्द्र सरकारको सहयोग

जेष्ठ १३ २०७८, बिहीबार

काठमाडौँ/

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ (साविक बारपाक गाबिस) मा कोरोना भाइरससँग मोल्दो जुल्दो लक्षण देखिएका बिरामीहरुको बढ्दो संख्याका कारण चिन्ताको स्थिति सिर्जना भएको छ। पछिल्लो दुई हप्ताका बीचमा बारपाकमा मात्र एन्टीजेन एवं पिसिआर बिधीबाट तीनपटक परिक्षण गरिएतापनि परिक्षण गर्ने सम्भावित संक्रमितहरुको संख्या अपेक्षित रुपमा बढ्न नसकेको, त्यसकारण भित्र भित्रै संक्रमितको संख्या बढ्न गई थप जोखिम बढ्न सक्ने अवस्था सिर्जना भएको भनेर बिहीबार गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेर गाउँका सबै मानिसहरुलाई कोरोना परिक्षणको व्यवस्था मिलाउन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेका छन्।

‘बारपाकको पछिल्लो स्थिति अनुमानका आधारमा गाउँपालिका एक्लैले यसको नियन्त्रण र रोकथाममा चुनौती देखा परेको हुनाले संवैधानिक रुपमा उल्लेख गरिएअनुरुप महामारी नियन्त्रणका लागि जेम्मेवारी तोकिएका संघिय एवं प्रदेश सरकार समक्ष सहयोग एवं समन्वयका लागि गाउँपालिका हार्दिक अनुरोध गर्दछ।’ अध्यक्ष भट्टद्वारा प्रेषित विज्ञप्तिमा बताइएको छ।

जेठ पछि बारपाकमा मानिसहरुले ज्यान गुमाउनेको संख्या बढेको छ। त्यहाँ १३ दिनमा १२ जनाको ज्यान गएको छ भने ज्वरो,रुघा खोकीका बिरामी देखिने क्रम बढेको छ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष भट्टले जारी गरेको प्रेस विज्ञप्ति
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले जारी गरेको प्रेस विज्ञप्ति