• मंसिर ११ २०८१, मंगलवार

शुक्रबारबाट काठमाडौँमा खाद्यन्न चाहिए यी नम्बरहरुमा सम्पर्क गर्नुहोस

जेष्ठ १३ २०७८, बिहीबार

काठमाडौँ/

राजधानी काठमाडौँ उपत्यकामा शुक्रबारबाट निषेधाज्ञा थप कडा पारिदैछ। उपत्यकामा थप गरिएको निषेधाज्ञामा किराना पसल तथा डीपार्टमेन्टल स्टोरहरु खोल्न नपाइने निर्णय भएको छ। माछा, मासु, दुध र तरकारी लगायतका पसलहरु भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। निषेधाज्ञालाई थप प्रभावकारी बनाउन र संक्रमण बढ्न नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौँले सर्वसाधारणलाई अनुरोध गरेको छ।

साथै यो थप गरेर कडा गरिएको एक हप्ताको निषेधाज्ञामा कोही कसैलाई खाद्य बस्तुको अभाव भई खरिद गर्नु पर्ने भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडी मार्फत चाहिएको समान घरमै उपलब्ध हुने भएको छ।

‘खाद्यन्न सम्बन्धी कुनै समस्या भएमा निम्न अनुसारका सम्पर्क व्यक्तिहरुसंग सम्पर्क गर्नुहुन’ भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले सर्वाजनिक सूचना जारी गरेको छ। खाद्यन्न आवश्यक परेमा सम्पर्क गर्नुपर्ने भनेर प्रशासनले सार्वजनिक गरेका नाम र मोबाइल नम्बरहरु

नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड

प्रमूख कार्यकारी अधिकृत, मोहन प्रकाश चन्द -९८५१३२०३१४

विभागीय प्रमूख ,  भिम बहादुर थापा–    ९८५११३६७८५

प्रादेशिक प्रमूख, ज्ञानु थापा९८५११२१ ७८८

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

प्रमूख कार्यकारी अधिकृत, उर्मिला श्रेष्ठ -९८५१०२२ ५६४

नायब कार्यकारे अधिकृत, कुमार राजभण्डारी- ९८५१०३३३०३

विभागीय प्रमूख, सबल रिजाल ९८ ५११ १३ ६६०

अधिकृत, प्रज्वल प्रधान -९८४१३३२ ९९० र ९८१३२७२५६३

जिल्ला प्रशासन कार्यालय काठमाडौँको सार्वजनिक सूचना
जिल्ला प्रशासन कार्यालय काठमाडौँको सार्वजनिक सूचना