काठमाडौँ /
अमेरिकाका गुप्तचर एजेन्सीहरुलाई कोरोना भाइरस उत्पतीबारे अध्ययन गरेर ९० दिनभित्रमा रिपोट बुझाउन राष्ट्रपति जो बाईडेनले निर्देशन दिएका छन्। एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बाइडेनले कोरोना भाइरस उत्पतीको बिषयमा आफ्नो प्रयास बढाउन आग्रह गरेका हुन्। कोरोना भाइरसको पहिलो संक्रमित सन् २०१९ को डिसेम्बरमा चीनको हुबेईस्थित वुहान सहरमा फेला परेका थिए । त्यसयता अहिलेसम्म विश्वभर यो भाइरसको कारण १६ करोड ८० लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । साथै कोरोना संक्रमणको कारण विश्वभर ३५ लाख मानिसको मृत्यु पनि भइसकेको छ ।
चिनियाँ अधिकारीहरुले सबैभन्दा पहिला यो संक्रमणको सम्बन्ध वुहानमा रहेको समुद्री खानाको बजारसँग रहेको बताएका थिए । वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने बताएका छन् ।यद्यपि केही समयअघि अमेरिकी सञ्चारमाध्यमममा कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हुन सक्ने समाचार प्रकाशित भएको थियो । चीनले यो समाचारको खण्डन गर्दै यो भाइरस अमेरिकाकै प्रयोगशालाबाट आएको हुन सक्ने बताएको थियो ।
एजेन्सीहरुको सहयोगमा