• मंसिर ११ २०८१, मंगलवार

सामुदायिक विद्यालय अभिभावक संघले भन्यो, शिक्षकलाई पहिले खोप देऊ

जेष्ठ १२ २०७८, बुधबार

काठमाडौँ /

सामुदायिक विद्यालय अभिभावक संघ केन्द्रिय समितिको बैठकले विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुलाई पहिलो प्राथमिकतामा राखेर कोरोना खोप उपलब्ध गराउनुपर्ने माग अगाडी सारेको छ। संघको हालै बसेको केन्द्रिय सचिवालय बैठकले यो लगायत विभिन्न मागहरु सार्वजनिक गरेको छ। कोरोना महामारीको समयमा भर्चुवल रुपमा बसेको संघको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष राम प्रसाद न्यौपानेले जानकारी दिए।

समितिको बैठकले आधारभूत तहदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थी भएका सबै विद्यालयहरु अति संवेदनशील क्षेत्र भएकोले त्यहाँ अध्यापन गर्ने सम्पूर्ण शिक्षकहरुलाई पहिलो प्राथमिकतामा राखेर कोरोना विरुद्ध खोप लगाउनका लागि  व्यवथा गर्नुपर्ने माग साथै गतवर्ष जस्तै यसवर्ष पनि भौतिक रुपमा उपस्थित भएर एसइई परिक्षा संचालन गर्न सकिने अवस्था नभएकोले यसअघि नै विद्यालयले सम्पन गरेका प्रथम, द्वितीय त्रैमासिक तथा प्रि-बोर्ड लगायतका परिक्षाको परिणामलाई आन्तरिक मुल्याङकनको आधार मानेर ७५ प्रतिशत अंक र बाँकी अंकका लागि अनलाइन परिक्षा तथा मौखिक अन्तर्वार्ताको माध्यमबाट संचालन गर्ने व्यवस्था मिलाउन सरकार आग्रह गरेको छ।

तस्तै संघको बैठकले ११ र १२ को वार्षिक परिक्षा पनि सम्भव भए भौतिक उपस्थिति, नभए अनलाइनबाट वा त्यो पनि सम्भव नभए आन्तरिक मुल्याङकनकै आधारमा सम्पन्न गर्न सकिने तर्फ विचार पुर्याउन आग्रह गरेको छ। संघको बैठकले विद्यालयका पाठ्यपुस्तक तथा शैक्षिक सामग्री ढुवानीको लागि तत्काल आवश्यक व्यवथा मिलाउन सम्बद्ध निकाएको ध्यानाकर्षण गराएको छ।

महामारीको कारण निशेधाज्ञामा परेर परिक्षा दिन नपाएको, घरमै थुनिएर बस्नु परेको जस्ता कारणले नकारात्मक असर पर्न लागेको साथै अभिभावक पनि चिन्तित भएकोले त्यसका लागि मनोसामाजिक परामर्शको व्यवस्था मिलाउन संघको बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ।

त्यस्तै संघको बैठकले देशका सुगम स्थानहरुमा अनलाइन र विभिन्न माध्यमबाट कक्षाहरू संचालन हुन सकेको भएपनि दुर्गम स्थानहरुमा बस्ने विद्यार्थीहरुको शिक्षाको अधिकार सुनिस्चित गर्न सरकारलाई अनुरोध गरेको छ।

हेरौं सामुदायिक विद्यालय अभिभावक संघले जारे गरेको प्रेस विज्ञप्ति ⇓

सामुदायिक विद्यालय अभिभावक संघको विज्ञप्ति
सामुदायिक विद्यालय अभिभावक संघको विज्ञप्ति
सामुदायिक विद्यालय अभिभावक संघको विज्ञप्ति
सामुदायिक विद्यालय अभिभावक संघको विज्ञप्ति