• माघ १८ २०८१, शुक्रबार

मंगल गाथा (कविता)

जेष्ठ १२ २०७८, बुधबार

मंगल होस्, मंगल होस्
मंगल होस् सबको
पुण्य मिलोस्, पुण्य मिलोस्
पुण्य मिलोस् जनको ।
उत्पति, बिनास जान्न सकोस्
चित्त होस् धम्ममा,
पुन्य संस्कार बढ्दै जाहवस्
सुख होस् सबमा ।

मंगल होस्, मंगल होस्
मंगल होस् सबको ।
पुण्य मिलोस्, पुण्य मिलोस्
पुण्य मिलोस् जनको ।
दुःख सत्य सबले बुझोस्
खन्द होस् झानामा,
मिथ्या दृष्टि हट्दै जाहोस्
शान्ति होस् जगमा ।

मंगल होस्, मंगल होस्
मंगल होस् सबको
पुण्य मिलोस्, पुण्य मिलोस्
पुण्य मिलोस् जनको ।
अनित्य भवलाई सबले बुझोस्
प्रज्ञा होस् सबमा ।
अविज्जा सबमा हट्दै जाहोस्
मैत्री होस् जनमा ।

मंगल होस्, मंगल होस्
मंगल होस् सबको
पुण्य मिलोस्, पुण्य मिलोस्
पुण्य मिलोस् जनको ।
जरा, मरणलाई सबले देखोस्
कम्म होस् धम्मा,
कुसल कर्म बढ्दै जाहोस्,
वैरभाव हटोस सबमा,
मंगल होस्, मंगल होस्
मंगल होस् सबको ।
पुण्य मिलोस्, पुण्य मिलोस्
पुण्य मिलोस् जनको ।