• मंसिर १४ २०८१, शुक्रबार

भोलि कांग्रेस पदाधिकारीको बैठक बस्दै

जेष्ठ ११ २०७८, मंगलवार

काठमाडौं । भोलि बुधबार नेपाली कांग्रेस पदाधिकारीको बैठक बस्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सो बैठक बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद विघटनविरुद्ध सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट, पार्टीको १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।

काठमाडौं ।