काठमाडौँ /
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायधीश चोलेन्द्र समशेर राणाको बीचमा राति प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेट भएको भनेर बाहिर आएका समाचारहरुमा सत्यता नभएको बताएको छ। सर्वोच्च अदालतद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा बाहिर त्यसरी आएका समाचारहरुमा सत्यता नभएको बताइएको छ।
सह प्रवक्ता देवेन्द्र ढकालद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा न्यायपालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरि अतिरन्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशित हुनु अत्यन्त दुखद र खेदजनक बिषय भएको बताइएको छ।