• मंसिर १४ २०८१, शुक्रबार

राप्ती नदी उत्खनन् गरिएकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति

जेष्ठ ११ २०७८, मंगलवार

काठमाडौँ /

दाङ देउखुरीको राप्ती नदीमा प्राकृतिक सम्पदाको अनियमित दोहन भएको भनेर राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले आपत्ति जनाएको छ। मोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दाङ्ग देउखुरीको राप्ती नदीमा सरकारी मापदण्डलाई समेत बेवास्ता गरेर अनियमित रुपमा प्राकृतिक साधनस्रोत उत्खनन गरिएको प्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन्।

‘कोभिड संक्रमणका कारण नागरिकको जीवनरक्षा नै चुनौतीपूर्ण भएको बेला खोलामा भैरहेको अनियंत्रित उत्खनन बन्द नगरिय यो विषम अवस्थामा पनि हाम्रो पार्टी प्राकृतिक सम्पदाको रक्षाको लागि बाहिर निस्कन बाध्य हुनेछौ ।’ आचार्यद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

हेरौं उनको प्रेस बिज्ञप्ती ⇓

राष्ट्रिय जनमोर्चा
जिल्ला समिती दाङ देउखुरी

विषय – प्रेस बिज्ञप्ती

अहिले कोभिड संक्रमणका कारण नागरिकको जीवन रक्षा नै चुनौतीपुर्ण भइरहेको बेला दाङ देउखुरीको राप्ती नदिमा भएको अनियमित र सरकारी मापदण्डलाई समेत बेवास्ता गरि गरिएको उत्खनन प्रती हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । प्राकृतिक सम्पदाको अनियमित दोहनकै कारण पर्यावरणमा समेत संकट उत्पन्न भएको छ । यसैका कारण मानव जिबन समेत संकटमा परेको छ । यस्तो अबस्थामा केही मान्छेहरुको स्वार्थसिद्धिको लागि प्राकृतिक सम्पदाको बिनास गर्नु गम्भीर आपत्तिको कुरा हो । हाम्रो पार्टीले यो विषयमा लगातार आबाज उठाइरहेको छ ।
खोला वा नदि बाट ढुङ्गा , गिट्टी र बालुवा उत्खनन गर्नको लागि सरकारले बनाएको मापदण्ड बिपरित खोलामा ठुला ठुला मेसिन लगाइ घाटगद्दिको नाममा अनियंत्रित उत्खनन भैरहदा पुलिस , प्रसासन र स्थानीय सरकारले त्यसको संरक्षण गर्ने कुरा झनै आपत्तिपुर्ण छ । यश प्रकारको क्रियाकलापको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा घोर निन्दा तथा भ्रत्सना गर्न चाहान्छ । तत्काल खोलामा भैरहेको अनियंत्रित उत्खनन बन्द गर्न हामिले स्थानीय सरकार र जिल्ला प्रसासनलाई अनुरोध गर्न चाहान्छौ । अन्यथा यो विषम अबस्थामा पनि हाम्रो प्राकृतिक सम्पदाको रक्षाको लागि बाहिर निस्कन बाध्य हुनेछौ ।
मिति २०७८/०२/११
क्रान्तिकारी अभिबादन सहित

गणेश आचार्य
अध्यक्ष