• मंसिर १० २०८१, सोमबार

सभामुखले पूर्वसभामुखहरुसित परामर्श गर्दै

जेष्ठ ११ २०७८, मंगलवार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेलले जानकारी दिए ।

यही जेठ ८ गते प्रधानमन्त्री केपी ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक विषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

२०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्वसभामुख रहेका छन् । छलफलमा सभामुख सापकोटाले उनीहरुबाट सल्लाह सुझाव लिने बुझिएको छ ।