पूर्वीय चिन्तनमा वैदिक चिन्तनले विशिष्ठ स्थान ग्रहण गरेको छ । संसारको प्रारंभ पूर्व जलशायी श्री विष्णुबाट जीव र जगत्को सृष्टि गर्ने विचारले ब्रह्माको सिर्जना गर्नुभयो । सृष्टि भनौँ आरम्भको जिम्मा उनै मार्फत् हुने भयो भने संरक्षणको कार्य श्रीहरि आफैंले लिनुभयो । जीव अनि जगत्को आरम्भ, प्रारम्भ, पालन, संरक्षणको साथै संहारको पनि आवश्यकता परेकोले रौद्र शक्ति रुद्रको शुरुवात गरी संसारको अन्त्यको अभिभारा रुद्र अर्थात् कल्याणको साथै विनाशको जिम्मा पनि श्रीशिवले लिनुभयो । आज हामी ईश्वर वा जि ओ डी गड् भन्छौं । उही शव्द सिर्जना (जेनेरेटर), पालना (अपरेटर) र संहार (डिस्ट्रवायर) को समष्टि नाम वा भनौं ईश्वर वा गड् भन्ने वुझिन्छ ।
जीव र जगत्को उदय पछि ज्ञान या प्रकाशको आवश्यकता परेकोले सर्व शक्तिमान् श्री ईश्वर स्वरुप ब्रह्माजीका मुखवाट वेदको उदय भयो ! ४ दिशा नै प्रज्वलित गर्नु पर्ने भएकोले ब्रह्माजीको ४ मुखवाट क्रमशः पूर्वी मुखवाट ऋग्वेद, दक्षिण मुखवाट यजुर्वेद पश्चिम मुखवाट सामवेद र उत्तर मुखवाट अथर्ववेद प्रस्फुटित भयो । ऋग्वेद, यजुर्वेद स्वरुप दिव्य ज्ञानवाट सारा ब्रह्माण्ड वैदिक शक्तिमय, ज्ञान सम्पन्न हुने भयो । वेदका ऋचाहरु भनौं– मन्त्र शक्तिले हिजोआजको यन्त्र शक्ति झै काम गर्ने भयो भने सामवेद संगीत, भक्ति, लय, ताल, नृत्य, मनोरञ्जन लगायत गायन, भजन, कीर्तन, शास्त्रीय गायन समेतवाट प्रसिद्ध हुन गयो भने जीव र जगत् सञ्चालनको लागि वित्तीय संसारको आवश्यकता परेकोले अथर्व वेद मार्फत् अर्थशास्त्र, अर्थशास्त्री, गणित, तथ्यांक, धन राशि, आय, व्यय, हर हिसाव लेखा प्रणालीको आरम्भ हुने भयो ।
यसैभित्र वास्तु शास्त्र घर, भवन निर्माणका कुराहरु परे । तर लेखाइ, छपाई जस्ता प्रविधियुक्त सर सामग्रीको अभावमा भविष्य सम्म ती विषयवस्तु दिगोे रुपमा राख्न कठिनाइ देखिन आयो । भण्डारणको असुविधा, हिजोआजको कम्प्युटरमा झँै, मेसिनमा झँै धेरै समयसम्म धेरै सूचनाहरु राख्न सक्ने प्रविधिको अभाव, सूचना र सञ्चारको आधुनिकीकरण नहुँदा आफ्ना शिष्यहरुलाई सुनाएर र तिनीहरु मार्फत् भविष्यलाई जोगाइ राख्ने विधि व्यवहार शुरु भयो । श्रवणमार्फत् भण्डारण गर्नुपर्ने भएकोले वेदलाई श्रुति भनिन लागियो ।
घोकेर कण्ठस्थ गरेर यसको संरक्षण र संवद्र्धन गर्नु पर्ने भयो । ४ वेदमा हजारौं मन्त्र, लाखौं मन्त्रहरु रहने भए । यी मन्त्रहरु वेदवाणी भगवानको वाणीको रुपमा स्वीकृतहुँदै पठनीय, मननीय, चिन्तनीय हुँदै आयो । कतिपय मन्त्रहरु लोप पनि भए । ब्रह्माजीवाट ब्रह्म वाक्यका रुपमा शुरु भएका वाणीहरु नष्ट नगर्न उहाँ स्वयमले ४ शिष्यको होताहरुको जिम्मा दिने विचार गर्नुभयो यी श्रुतिहरु रक्षा गर्न ! कुमारले, ब्रह्मावाट ऋग्वेद पाए । अध्वर्यू कुमारले यजुर्वेद लिए भने ऋत्विज शिष्यले सामवेद र मरीचि नामक शिष्यले कण्ठ गरेर अथर्ववेद संरक्षण गरी राख्ने कार्यको जिम्मा लिए ! वेदका साथमा ४ नै उपवेदहरु पनि रहने भए !
जीवनको ४ चरण भने झैं जगतको लागि काल विभाजन भयो । सत्य, त्रेता, द्वापर र कलि ! हरेकको आयु निर्धारित भयो । अहिले हामी कलि युगमा छौं । यसको परमायुु ४ लाख ३२ हजार वर्षको छ । अहिले ५१२२ वर्ष मात्र व्यतित भएको छ । हरेक युग यसअघि २७ पटक परिभ्रमण गरिसकेको छ । ज्ञान र विज्ञान यो समयको यो युगको मात्र होइन । हरप्पा, मोहन्जोदाडो, सिन्धुघाँटीको सभ्यता हामी इतिहासमा पढ्छौं । कति उत्खनन, भग्नावशेषवाट सभ्यताहरु सिक्छौं । यो संसार आजको छुट्टै र नयाँ होइन । संसारको चक्र अठ्ठाईसौं हो, अहिलेको ! संकल्प गर्दा हामी अष्टाविंशतितमे युगे, कलि युगे कलि युगस्य प्रथम चरणे…..भन्ने गछौं ।
५१२२ वर्ष भनेको कलि युगको प्रारम्भिक चरण मात्र हो । युग परिवर्तन सँगै हरेक युगका व्यास फरक फरक भए ! कृष्ण द्वैपायन व्यासले द्वापर युगका अन्त्यमा अघिको वेद भनौं, श्रुतिलाई ग्रन्थ आकारमा परिणत गरिदिए ! आगामी युग कलि युगलाई सहज हुने गरी लिपिवद्ध र सरलिकृत गरे उनले ! वेदको विभाजन गरी वर्णाश्रम धर्म निरुपण पनि गरे । साथै सबै वर्ण हरुकालागि सहज हुने गरी अर्को पञ्चम वेद पनि बनाइदिए । महाभारतलाई पाँचौ वेद मानिएको छ । यो सरल छ र सबै मानवका लागि सहज छ, ग्राह्य छ, पूजित छ ।
सबै वेदको सार पनि महाभारतमा पाइन्छ । सत्यवती पुत्र वेदव्यास भगवत स्वरुप हुन् । उनले वेद विभाजन र शिष्यहरुलाई शिक्षित गराउने क्रममा ऋग्वेदबाट पैल नामक शिष्यलाई दीक्षित गराए भने वैशंपायनले यजुर्वेद लिए । जैमिनी चाहिँ सामवेदका ज्ञाता वने भने सुमन्तु अथर्व वेदका मर्मज्ञ भए । वेदव्यासलाई आप्mना उत्तराधिकारीहरुमा दिव्य चक्षु बाँड्न पाएकोमा हलुका भयो जीवन ! ज्ञान आर्जन र वितरण अनि सफलताको कसीमा खरो उत्रिए उनी ।
सर्वप्रथम ऋगवेदको चर्चा गर्दा हामीमा शाव्दिक ज्ञान हुनु जरुरी छ । ऋगको सामान्य अर्थ स्तुतिपरक भन्ने बुझिन्छ भने वेद शव्दले विद्धता वा ज्ञान भन्ने बुझिन्छ । सरल अर्थमा वुझ्नु नै, जान्नु नै ज्ञान हो ! जानेको कारण ज्ञान, विज्ञानमा परिणत भएको छ । पहिलेका ऋषि मुनि हरुमा तन्त्र विद्या, शास्त्र विद्या, योग शिक्षा, मन्त्र शक्ति भएकै कारण साधनाद्वारा साध्य प्राप्त गरेर छाड्थे । साध्य भनेको इहलौकिक सुख, भुक्ति र पारलौकिक सुख, मुक्ति प्राप्त गर्थे ! तर्कवल, योग बलका कारण लामो समय बिना आहार शरीर सञ्चालन हुन सक्थ्यो । स्वच्छ हावामा भएको अक्सीजन (०२) मा भएको पानीवाट श्वास प्रश्वासकै भरमा जीवन निर्वाह गर्न सक्थे ।
लामो समय जलाहार, फलाहार समेत नगरीकन केवल वायुमण्डलको हावामा रहेको जलवाट तृप्त भएर रहन्थे । हाम्रै पालामा पनि बालगुरु षडानन्द, खप्तड बाबा, शिवपुरी बाबाहरु यस्ता धेरै देखिए जसले चामत्कारिक यथार्थवाट भौतिक युगमा पनि छुट्टै अस्तित्व छाडेर गए । साइबाबा, रामदेव बाबाहरुले साधनमा विशिष्ठता प्राप्त गरे । अनेकौं मठ मन्दिरहरुमा हिजोआज विशेष व्यक्तिहरुको नाम अंकित भएको हामी पाउँछौं, दशकौं, वषौं साधना गरेर छुट्टै अस्तित्व छाडेर गए भनेर लेखिएका ! ग्रन्थहरु, शिल्पीहरु, शिलालेखहरु जीवित छन् हाम्रा सामु ! विशिष्ठ अनुष्ठान, साधनावाट सिद्धि प्राप्त गर्नेहरु धेरै छन्, यस युगमा पनि ! आद्य गुरु शंकराचार्य, त्यस्तै निम्वाचार्य, अनेकौं जैन धर्मीहरु र हामै्र सामु बुद्ध पनि देखिए । साधनाबाटै भगवत् स्वरुपमा परिणत भए ! अहिले हामीमध्ये पनि कति महानुभावहरु छन् जो साधनामा निरन्तर तल्लीन छन्, सिद्ध भएका छन् ।
वर्षौसम्म बिना आहार पनि बसेका छन्, जीवित छन् । भौतिक आविष्कारहरुले संसारलाई झन सजिलो बनाएको छ । साधना गर्नेहरुका लागि वातावरण आज पनि सहज हुनसक्छ । वैदिक मन्त्र जपेर अग्नि प्रज्वलित गर्नेहरु अहिले पनि छन् । यज्ञमा भू–संस्कारगरी जन्मदेखि मृत्यु पर्यन्त अग्नि स्थापना विधिले यज्ञ भू–संस्कार गरी जन्मदेखि मृत्यु पर्यन्त अग्नि स्थापना विधिले यज्ञ आहुति गरेर जीवन समर्पित गर्नेहरु अहिले पनि धेरै छन्, यस्तै अग्नि होत्रीहरु अझै छन्, हाम्रै समाजमा । वेदका मुख्य ६ स्वरुपहरु छन्– शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष । यी सवैको ज्ञानले वेदको अध्ययन सम्यक् हुन जान्छ ।
शब्द व्याकरण वेदको मुख हो, ज्योतिष वेदको आँखा हो, निरुक्त चाहिँ वेदको कान हो । शुद्ध उच्चारण यसको स्वरुप हो । कल्प चाहिँ वेदका हात हुन् । कल्प भन्नाले यज्ञादि कार्यको सम्पादनमा कल्पना अर्थात् तयारी भन्ने बुझिन्छ । शिक्षा वेदको नाक हो । शिक्षा शास्त्रले ह्रस्व दीर्घ र सम्पूर्ण स्वरको ज्ञान हुन्छ । अथर्व वेदको वास्तु शास्त्रले सम्पूर्णमा मानव भलो चाहेको छ, त्यसका लागि मानव आपैmँले केही विधि व्यवहार भने मिलाउँन जरुरी छ । वास्तु नमिलेका घर, भवनहरुमा हिजोआज अनेकौं समस्या डर, त्रास, चिन्ता, रोग, अशान्ति देखिएका छन् । यहाँ वास्तु शास्त्रका केही सारसूत्रहरु प्रस्तुत गरिएका छन् ।
घरको मूल ढोका पूर्व, उत्तर या पूर्वोत्तर भनांैं इशानतिर हुनु अत्यन्त सुखप्रद हुन्छ । ढोका पश्चिमतिर वा पूर्व दक्षिण भनौं अग्नियकोण पनि राम्रो मानिन्छ । पश्चिम वा वायव्यकोण पनि राम्रै हुन्छ । तर पूरै नैऋत्य वा पूर्ण दक्षिणतिर मूल प्रवेश ढोका हुनु वास्तुदृष्टिले उत्तम मानिँदैन । आफ्नो मूलढोका सामुन्ने जलाशय, नदी, पसल, ठूला रुखहरु वा अग्ला खम्बा या गलत कामकाज गर्ने व्यक्ति समूहहरु हुनु राम्रो हुन्न । तिनको प्रभाव, असर आपूmलाई पनि पर्छ । घरमूलीको शयनकक्ष नैऋत्य कोणमा उत्तम मानिन्छ । पूजा, ध्यान वा देव, पितृ कार्य गरिने क्षेत्रलाई शयन कक्षको रुपमा नलिनु राम्रो हुन्छ । नैऋत्य कोणमा घरमूलीको शयन कक्ष मिलाउन नसके दक्षिण वा पश्चिम पट्टी पनि राख्न सकिन्छ । अविवाहित छोरा छोरी पूर्व या पूर्वोत्तर कोणहरुमा शयन गर्नु राम्रो हुन्न नव दम्पत्तिका लागि पनि राम्रो मानिँदैन । घर बनाउँदा झ्याल ढोकाहरु जोर संख्यामा राख्नु पर्छ । एउटै कोठामा २ भन्दा बढी ढोकाहरु राम्रो मानिँदैन ।
घर बनाउने जमिन सकेसम्म चौकोण मिलेको भए राम्रो हुन्छ वा ईशान कोण झुकेको जमिन वा कोठा राम्रो मानिन्छ । जमिन खरीद गर्दा जमिनको पूर्वोत्तर, ईशानतिर सडक भए लाभप्रद मानिन्छ । भूमिगत पानी टंकी ईशान कोणमा रहनु पर्छ भने पूजा स्थान पनि ईशान कोण नै उत्तम हुन्छ । पूजा गरिने देवदेवीहरु पश्चिम मुख र आपूm पूर्व, उत्तर या पूर्वोत्तर उत्तम मानिन्छ । भान्सा कोठा आग्नेय हुनु राम्रो हो, नसके वायव्यलाई पनि राम्रै मानिन्छ । पाहुनाहरुको शयन कक्ष एवं विहे योग्य कन्याको लागि वायव्य दिशाको कोठा कोण बढी उत्तम हुन्छ । जो कोहीले पनि उत्तर शिरानी गरी सुत्नु वास्तुको दृष्टिले राम्रो मानिँदैन । शौचालय जहिले पनि दक्षिण या पश्चिम दिशामा हुनुपर्छ । पसलको नगद बाकस नैऋत्य कोणमा राखी उत्तर खुल्ने हुनुपर्छ । आफ्नो घरलाई ईशान दिशाबाट अन्य अग्ला भवनहरुले सौर्य किरण छेक्ने हुनु हुन्न । घरको स्नान कोठा भने पूर्वतर्फ हुनु जरुरी छ ।
घर वरिपरि कुनै अनावश्यक सरसामग्री रहनु राम्रो हुन्न । घरको पश्चिम, नैऋत्य पनि अग्ला भवन, रुख या जमिन हुनु राम्रो मानिन्छ । घर सामुन्ने मठ, मन्दिर वा मूर्तिको दृष्टिलाई पनि राम्रो मानिँदैन । अग्नि तत्व, बिजुली तार ट्रान्सफरमर आदि घरको अग्निय दिशातर्पm हुनु राम्रो मानिन्छ । मसानघाट या फोहर निश्कासन क्षेत्र घरको वरिपरि हुनुहुन्न । घरको उत्तर क्षेत्रमा कम तौलका सरसामग्री रहनु राम्रो मानिन्छ र उचाई बढी भारवहन भने दक्षिण नैऋत्यतिर राम्रो मानिन्छ । हिजोआज शहरिया जीवनमा एटेच ट्वाइलेट प्रणाली देखिन्छ । यो राम्रो होइन । यदि यसरी राख्नै पर्नेमा पनि प्यान, कमोड पूर्वपश्चिम गरी राख्नु राम्रो होइन ।
शयन कक्षमा ड्रेसिङ्ग टेबुल उत्तर पूर्वतिरै हुनुपर्छ । टेलिफोन सेट राख्दा जहिले पनि कोठाको उत्तरतिर राख्नु पर्छ । भ¥याङ्ग आदिको सिंढी बिजोर संख्यामा हुनुपर्छ । घरका भित्ताहरु सफेद कालो वा पूर्ण रातोभन्दा सेतो, पहेंलो, निलो हरियो या गुलावी रङ्ग राम्रो हुन्छ । घरको मूल ढोकैको सामुन्ने रहेको भान्सा कोठालाई राम्रो मानिँदैन । यदि आफ्नो घर भवन वास्तु नमिलेको भए पनि चिन्ता नलिनुहोस्, पूर्व, उत्तर, पूर्वोत्तरक्षेत्र सफा राख्नोस्, प्रकाशमय पार्नोस्, मूल ढोकामा रुद्राक्ष, स्वस्तिक चिह्न, तुलसी मन्जरी वा शुभ सूचक केही राख्ने गर्नोस्, नित्य देवताको आराधना गर्नोस्, सोमवारको विशेष उपासना गर्नोस् वास्तु दोषहरु कम हुन्छन् । ग्रहजन्य दोषका प्रभाव पनि कम हुन्छन् ।
लेखक : वास्तुविद एवं संस्कृतिविद् हुनुहुन्छ ।