• मंसिर ११ २०८१, मंगलवार

कोरोनाबाट उन्मुक्ति पाउँदाको खुशी

जेष्ठ १० २०७८, सोमबार

म २०७८ बैशाख २५ गते देखि अचानक बिरामी परें । सुरुका दिनहरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर बेजोडले दुख्ने, हल्का चक्कर लाग्ने, खानामा अरुची बढ्ने भएर म आफैं दिर्घायु हस्पिटलबाट औषधि नियमित खाइरहें, तर सञ्चो भएन । केही समयपछि त झन् स्वासप्रस्वासमा समेत समस्या देखा पर्यो र खोकी बढ्न थाल्यो । बैशाख २९ गते एउटा मेडिकलमा चेक गर्दा टाइफाइड र निमोनिया भएको रहेछ र त्यसको औषधि पनि खाइयो । १० वटा इन्जेक्सन पनि लगाइयो तर ज्वरो र दुःखाइमा त केही कमि भयो तर अक्सिजनको मात्रा घट्न थाल्यो ।

त्यसपछि सबैको सल्लाहमा तुलसीपुरस्थित राप्ती लाइफ केयरमा इमर्जेन्सीमा तुरुन्तै भर्ना भएँ । भर्ना भएको २० घन्टामा अन्य कुरा ठिकहुँदै गएपनि अक्सिजनको मात्रामा कमि आउन थाल्यो । साथै खोकिले झन च्याप्दै लग्यो । भर्ना भएकै स्थानबाट पिसिआर चेक पनि गरियो र २४ घन्टापछि भोलिपल्ट पिसिआर पोजिटिभ आयो । त्यसपछि उक्त अस्पतालबाट साँझ ८ बजे बेलझुण्डी कोरोना विशेष अस्पतालमा भर्ना भइयो । भर्ना भएको ५ दिनपछि उक्त हस्पिटलले होम आइसोलेसनमा बस्नेगरी डिस्चार्ज गर्यो ।

हाल म होम आइसोलेसनमा रही उपचार गराइरहेको छु । हाल मेरो छातिमा र फोक्सोमा इन्फेक्सन भएको छ । खोकी यथावत नै छ, तर पनि अब यी समस्याबाट निराकरण हुन्छ भन्ने आत्मविश्वास चाहीँ पलाएको छ । आशा र विश्वास लिएको छु कि केही दिनपछि कोरोनाबाट पूर्णरुपमा मुक्ति अवश्य पाउनेछु । यस बिचमा मेरो स्वास्थ्यको बारेमा अहोरात्र चिन्ता, चासोगरी उपचार, मनोबल, घरायसी उपचार पद्धति लगायत सबै किसिमका सल्लाह सुझाव प्रदान गर्नुहुने हाम्रो पार्टीका सिसिएम कमरेडहरु क.शितल, आफ्नै परिवारलाई कोभिड–१९ पोजिटिभ भएर आफै तनावमा  रहँदा समेत रातदिन सहयोग गर्नुहुने सिसिएम क.सबिन पोख्रेल, भर्खरै मात्रै ३,४ महिना बेडमा उपचार गराइरहनु भएका दाङ सेक्रेटरी क.प्रदिप वली, (जसले दाङमा सम्भव सबै प्रकारका सम्भावनाका बारेमा नियमित पहलकदमी लिइरहनु भयो) उहाँहरुप्रति विशेष धन्यवाद एवम् हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

उपचारमा दैनिक रुपमा खटेर सहयोग गर्ने मेरो आदरणीय दाइ सञ्जय वली, युवा संगठन के.स. विरेन्द्र भाई, युवा संगठन दाङका कोषाध्यक्ष दिपेन्द्र वली, युवा नेता राजकुमार क्षेत्री (जसले रातदिन मलाइ सान्त्वना, हौसला र उच्च मनोबल प्रदान गर्न प्रेरित गरिरहनु भयो), त्यस्तै मलाई भर्ना हुन बितिक्कै राप्ती लाइफ केयेरमा अक्सिजनको अभाव थियो । त्यसैबेला तुलसीपुर खानेपानीमा रहेको अक्सिजन जो २५५ मात्र बाँकी रहेछ । उक्त अक्सिजन प्रदानगरी विशेष सहयोग गर्ने खानेपानीका अध्यक्ष खेमराज वलीलाई विशेष धन्यवाद दिन चाहान्छु । म अस्पताल भर्ना हुन बितिक्कै आफ्नै बुवाको बेल्झुण्डीमा उपचार हुँदाहुँदै पनि मेरो उपचारमा विशेष रुपमा सहयोग गर्ने तुलसीपुर उपमहानगरपालिका–१२ का मित्र तिलक केसीलाई पनि धन्यवाद दिन चाहान्छु ।

आफ्नै परिवारमा ३–३ जना बिरामी सदस्यहरुलाई पनि उपचारको चाँजोपाँजो मिलाउँदै रातदिन मेरो बारेमा चिन्ता, चासो, प्रत्यक्ष भेटगरी सम्पूर्ण रुपले व्यवस्थापन र सल्लाह दिनुहुने युवा संगठन नेपालका केन्द्रीय सदस्य क. तिलक योगीजीलाई हार्दिक धन्यवाद दिन चाहान्छु । त्यसैगरी हाम्रो पार्टीका डिसएिम क मनोज, विद्यार्थी जिल्ला अध्यक्ष अमर खड्का, मजदुर नेता प्रेम परियार (जो हर समय घरमै आएर भेटघाटमा समेत सरिक हुनुभयो) उहाँहरु सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मलाई यस बिचमा घरपरिवार, जीवन संगिनी, छोरा हेमन्त, मेरो दाइको छोरा प्रकाश वली, मेरा आदरणीय दाईहरु, भाउजुहरु, मेरो दिदी, जुवाँई, मेरो छोरी, भान्जाहरु सामाजिक अभियन्ता एवम् भाञ्जा हिमाल डाँगी, युवा संगठनका जिस जीवन वली लगगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।

मलाइ सधै घरमै आएर घरेलु उपचार विधिमा नियमित निर्देशन दिइरहनुहुने नेकपा दाङका निवर्तमान सेक्रेटरी क.गणेश चौधरीप्रति विशेष धन्यवाद दिन चाहान्छु । दाङमा मात्र होइन मेरो उपचारको बारेमा विशेष चासो, चिन्ता एवम केही सल्लाह सुझाव निरन्तर दिनुहुने कास्की जिल्ला सेक्रेटरी क. विश्वास, गोरखा सेक्रेटरी क.प्रतिक, तत्कालीन नारायणी व्युरो अन्तर्गत विशेष जिल्ला इन्चार्ज क.थेवा, सेक्रेटरी क.किरण लामा, केन्द्रीय समिति सदस्य तथा हाल मकवानपुर जिल्ला इन्चार्ज क.नयन प्रति हार्दिक नमन तथा धन्यवाद दिन चाहान्छु । उपचारमा अहोरात्र खटेर सबै टिमलाई तुरुन्त परिचालनगरी विशेष रुपमा खट्न निर्देशन दिनुहुने राप्ती लाइफ केयर हस्पिटलका श्री जीवन भण्डारीप्रति विशेष धन्यबाद दिन चाहन्छु ।

यसैगरी बेलझुण्डी कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वली र त्यहाँ रहनु भएका डाक्टरको टिम एवम सबै तहका कर्मचारीहरु, स्टाफ नर्सहरुप्रति विशेष धन्यवाद पेश गर्दछु । आफ्नै परिवारको २ जना सदस्यलाई गुमाउनु भएका नेकपा (क्रान्तिकारी (माओवादी) दाङका सेक्रेटरी क.नरेन्द्र बन्जाडेले यस दुःखद घडिमा दिवंगत धर्मपत्नी गिता बन्जाडे र दिवंगत बन्जाडेकी आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोक सन्तप्त परिवारजन र आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु । यस्तो पीडाको क्षणमा पनि मेरो स्वास्थ्यको बारेमा निकै चासो, चिन्ता, हौसला र सल्लाह सुझाब दिइरहनु हुने नरेन्द्र बन्जाडे र उहाँका छोरा हिमाल बन्जाडेप्रिति धन्यवाद दिन चाहन्छु ।

उहाँहरु दुबै जना पनि कोभिड पोजिटिभ भएर उपचाररत हुनुहुन्छ । उहाँहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । कोरोना संसारमा मानव चुनौती बनेर आएको लगभग २ वर्ष भयो । यसको हाल सम्म पनि उपचार पत्ता लाएको छैन तर यसलाइ न्यूनीकरण रोकथाम केही घरेलु उपचार केही उच्च मनोबल बनाउन सके केही हदसम्म मुक्ति पाउन भने अवश्य सकिन्छ ।

मेरो आफ्नो अनुभवबाट हेर्दा २–४ वटा कुरा कोरोनाबाट बच्नलाई ध्यान दिनुपर्ने देखिन्छ ।

१) अझै हाम्रो समाजको चेतना पछौटे नै छ । जस्तो कि पश्चिम नेपालमा कुप्रथाको रुपमा रहेको छाउगोठ प्रथा झै कोरोना लागेको बिरामीलाई पनि अझै हेय भावनाले हेर्ने गरिन्छ तर यो नितान्त मानवता विरोधी समस्या हो । यस रोग लागेकालाई त समाजमा पुनःस्थापना, माया, ममता, सुझाब राय सल्लाह दिनु बेस हुन्छ ।

२) अझैपनि गाउँमा कसैलाई कोरोना पोजिटिभ भयो भने पुरै गाउँका मान्छेहरु ऊ सँगको सामाजिक सम्बन्ध बिच्छेद गर्दैछन् तर त्यो पनि मानवता विरोधी क्रियाकलाप भित्र नै पर्छ । बरु संक्रमितलाई उचित स्याहार सुसार, उपचारको प्रबन्ध, अक्सिजनको उपलब्धता आदि काममा विशेषरुपले सहयोग गर्नु राम्रो हो ।

३) अर्कोकुरा कोरोनाको उपचार गर्न अरुपनि निजि अस्पताललाई राज्यले अनुमति दिँदा राम्रो होला भन्ने मेरो अनुभव छ, किनकी यसमा नयाँ कुरा भनेको मापदण्ड कै हो अरु त खास के छ र ? महामारी बढ्दै जाने र कोभिड अस्पतालमा बिरामीको चाप बढ्दै जाने हो भने भोलीका दिनमा स्थिति अझ भयावह हुन सक्छ ।

४) चौथो कुरा चिनबाट सुरु भएको कोरोना चिनले नै १ महिनामा नियन्त्रण गर्नु, महिनामै १ हजार बेडको अस्पताल निर्माण गर्न सक्नु तर २ वर्ष सम्मपनि हाम्रो राज्यले अक्सिजन प्लान्ट, थप बेड सहितका अस्पताल, जनशक्ति, एम्बुलेन्स आदि कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नसक्नु भनेको यो जनताप्रतिको बेवास्ता, लापरबाही र राज्य बिहिनताकै अवस्था हो । आफ्नो छोटो अनुभव यस्तै रहेको छ ।

हालः तुलसीपुर उमनपा-५  दाङ