• मंसिर १४ २०८१, शुक्रबार

देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न माग राख्दै १४६ सांसदले दिए सर्वोच्च्चमा रिट

जेष्ठ १० २०७८, सोमबार

काठमाडौँ /

विपक्षी गठबन्धका १४६ सांसदहरुले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद पुन:स्थापनाको माग राखेर सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। संसद विघटनलाई असंवैधानिक भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) को माधव कुमार नेपाल समूह र जनतासमाजवादी पार्टीका डा.बाबुराम भट्टराई र उपेन्द्र यादब समूहका १४६ सांसदहरुले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

स्पष्ट बहुमत सहित प्रधानमन्त्री दाबि गरेका देउवालाई प्रधानमन्त्री नियुक्ती नगर्नु असंवैधानिक भएको ती सांसदहरुको दाबि रहेको छ। रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गरेर १४९ सांसदको हस्ताक्षर सहित देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा गरेको दाबि वैधानिक भएकोले देउवालाई प्रधानमन्त्री नियुक्ती गर्न परमादेश दिनुपर्ने रिट निवेदकहरुको माग रहेको छ।

सर्वोच्च अदालत पुगेका सांसदहरु:तस्बिर साभार माननीय राम कुमारी चौधरीको फसबूकबाट
सर्वोच्च अदालत पुगेका सांसदहरु:तस्बिर साभार माननीय राम कुमारी चौधरीको फसबूकबाट

प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।