प्रदुषित भोजनको कारणले श्रृजना भएको स्वास्थ्य प्रतिकुलतालाई खाद्यजनित रोग भनिन्छ । खाद्य दुई प्रकारले विषाक्त अथवा दुषित बन्दछ । संक्रमित खाद्य त्यसलाई भनिन्छ जस्मा किटाणु र विषाणु हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमण गराउँछ । खाद्य विषाक्त त्यसबेला हुन्छ जसमा जीवाणुदवारा निर्मित विष पनि हुनसक्छ । किटाणु लामो समय सम्म नबाँचे पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ ।
रसायनिक अथवा प्राकृतिक रुपमा विषाक्तता हुने संभावना धेरै कम हुन्छ तर त्यो भन्दा बढी रोगजन्य जीवाणु र भाइरस अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँछन् ।
विश्वव्यापी प्रभावः
आधुनिक समयमा खाद्य उत्पादन एवं व्यापारको तीव्ररुपमा भइरहेको छ । अनेक खाद्य जनित रोगहरुको प्रकोप कुनै बेला एउटा सानो समुदायमा अवस्थित थिए । अब तिनले वैश्वीक आयामहरुमा स्थान लिन सक्दछन् । विश्वभरीमा खाद्य सुरक्षा अधिकारीहरुले स्वीकार गरेका छन् कि खाद्य सुरक्षा गर्ने काम केवल राष्ट्रिय स्तरमा मात्र हैन, अन्तराष्ट्रिय स्तरबाट नै खाद्य सुरक्षा अधिकारीहरुबीचको निकट सम्पर्कबाट यो समस्यालाई गनुपर्ने हुन्छ । खाद्य सुरक्षाको मुद्धामा सूचनाहरुको नियमित आदान प्रदान तथा खाद्य सुरक्षाको आपतकालीन स्थितिमा ती सूचनाहरुको द्रुतः पहुँच अत्यन्त महत्वपूर्ण हुन्छ । खाद्यजनित रोगहरुको घटनाहरु विश्वव्यापीरुपमा अनुमान लगाउन गाह्रो छ तर पनि इ.स. २,००० मा लगभग २.१ करोड मानिस झाडा पखालाका कारण मृत्युवरण गरेको अभिलेख पाइन्छ ।
यी मध्ये अधिकांश मामलामा दुषित भोजन र पानीलाई यसको कारण मानिएको छ । यस बाहेक शिशुहरु तथा साना केटाकेटीमा झाडा पखालाको मुख्य कारण कुपोषण हो । औद्योगिक देशहरुमा प्रतिवर्ष जनसंख्याको ३० प्रतिशत मानिसमा खाद्यजनित रोगहरुबाट पीडित हुने गरेको अभिलेख पाइन्छ । संयुक्त राज्य अमेरिकामा खाद्य जनित रोगका करिब ७६ करोड मानिस बिरामी भएको र यसको कारण ३,२५,००० मानिस अस्पताल भर्ना हुन्छन् । साथै ती मध्ये ५,००० मानिसको प्रत्येक वर्ष मृत्यु हुने अनुमान गरिएको छ ।
विकासशील देशमा रोगहरु लाग्नुको कारण खाद्यान्न प्रमुख कारण मानिएको छ । जसमा परजीवीहरुबाट हुने रोगहरु पनि समावेश गरिएको छ । खाद्यजनित रोगले समाजलाई गम्भीर एवं व्यापक क्षति पुर्याउन सक्दछन् र पुर्याइराखेका छन् । इ.स. १९९४ मा संयुक्त राज्य अमेरिकामा दुषित आइस क्रिमका कारण साल मोलोसीनकाके प्रकोपको घटना भयो । एक अनुमान अनुसार यसबाट २,२४,००० व्यक्ति प्रभावित भए । खाद्य प्रदुषणले समाजमा एउटा विशाल सामाजिक तथा आर्थिक समस्या निम्त्याउँछ ।
यस्तो अनुमान छ कि, अमेरिकामा मात्र मुख्य रोगको कारणले हुने रोगीहरुको चिकित्सकीय लागतमा र उत्पादकताको क्षतिको रुपमा प्रति वर्ष ३५ अर्ब डलर लागत अनुमान गरिएको छ । इ.स. १९९१ मा पेरुमा हैजाको पुनः प्रकोप देखिँदाको परिणाम स्वरुप त्यस वर्ष ५०० करोड मूल्यको माछा तथा मत्श्य उत्पादनको निर्यातमा क्षति हुन पुग्यो ।
यी माथी उल्लेखित तथ्य एवं तथ्याङ्कले खाद्यजनित रोगले जनस्वास्थ्यमा पार्नसक्ने प्रभाव एवं खाद्य सुरक्षामा पार्ने असर तथा आर्थिक र सामाजिक क्षेत्रमा पार्ने प्रभाव अनुमान गर्न सकिन्छ । हाम्रो आफ्नो परिवेशमा जनसमुदायमा अझै पनि विभिन्न खाले सरुवा संक्रामक एवं परजीवीजन्य रोगको बिगबिग हुँदा खाद्यजनित रोग बारे त्यति चर्चा भने छैन ।
कारण :
खाद्य सामाग्रीहरुको उचित भण्डारमा नहुनु । खाद्यजनित रोग सामान्यतः पकाउने तरिका तथा भण्डारण गर्न नजान्नाले हुने गर्दछ । भोजन पकाउनु भन्दा पहिले, पकाउने बेला र पकाइ सकेपछि स्वच्छताको राम्रो अभ्यास गर्नाले रोग ग्रहण गर्ने समयमा नियमित हात धुनुपर्दछ । खाद्यजनित रोगको प्रसार विरुद्ध अत्यन्त प्रभावकारी सुरुक्षाहरु अपनाउनस पर्छ । खाद्यजनित रोग पर्यावरणलाई प्रभावित गर्ने खाले विशाल विविधताहरु भएका विषयहरुको कारण पनि हुनसक्छ ।
जीवाणु :
जीवाणु खाद्यजनित रोगको सामान्य कारण मानिन्छ । इ.स. २००० मा बेलातयमा खाद्य सामाग्रीहरुमा विभिन्न खाले जीवाणुको अवस्थितिको विश्लेषण गर्दा कम्पाइलो व्याकटर जेजुनी ७७.३ प्र.स सालमोनेला २०.५ प्र.स इसचेरीया कोलाई ०१५७ एच ७.१.४ प्र.स. तथा अन्य सबै खाले जीवाणुहरु ०.१ प्र.स. भन्दा रहेको अभिलेख पाइयो । जीवाणु संक्रमणपछि लक्षण देखिन केही समय लाग्छ, किनभने जीवाणुलाई गुणात्मक वृद्धिको लागि समय आवश्यक पर्छ । यिनिहरु सामान्यतः दुषित भोजनको सेवनपछि १२–७२ घण्टा सम्म दैनिक निम्न जीवाणुहरु सर्वाधिक सामान्य खाद्यजनित रोगको कारक मानिन्छ । कम्पाइलो ब्याकटर जेजुनी जुन सेकेन्डरी गुल्लीयन बैर्रे सिन्ड्रोम तथा पेरि ओडोंटाइटिसको माग प्रशस्त गर्न सक्छ । सालमोनेला टायिफिमुरीयमले टाइफाइड गराउँछ ।
जुन अपर्याप्त रुपले पकाएको कुखुराको फूल मासुखानाको कारण साथै अन्य मानव पशु रोग इशचेरीयाको लाई ०१५७ःएच–७, इन्टेरो हेमरहेजीक ईएचईसी जस्ले हिमोलीटिक युरीमिक सिन्ड्रोम उत्पन्न गराउँछन् । बैसीलस सिसिएस, एसेरेशिया लगायत अन्य विषाक्त गुणहरुमा इन्टेरोइवेशीव, इन्टेरो प्याथोजेनीक आत्र विषाक्र इंटेरो एग्रेगेटिव लीस्टीरीया मोनोसाइटोजेनेस शिगेला स्टाफाइलो कोकस कोकस ओरीअस स्ट्रेप्टोकोकस ओ–न सहित भिव्रियो कोलेरा विब्रीयो हिमोलाइटिकस विव्रियो वल्नीफिकस, येर्सीनीया यन्टेरो कोलीटिका र येरसेनीया सुडो टयुवर कुलोसीस सामान्यतः विक्षाक्त योजनमा पाइने जीवाणु मानिन्छ ।
यस बाहेक बुसेल्ला, कोरिने व्याकटर अलसेरान्स केकसीला वर्नेटी कयुफिभर प्लैसिओमोनस शिगैल्लोइडसले पनि केहिलाई विषाक्त बनाउन सक्छ । बहिर्जीव बिषः प्रत्यक्ष जीवाणुहरु संक्रमण द्वारा उत्पन्न रोग बाहेक केहि खाद्यजनित रोगहरु बहिर्जीव विषका कारण पनि हुन सक्छन् । जुन जीवाणुहरु संवद्र्धनका बेला कोशीकाहरुद्वारा उत्सर्जीत गरिन्छ । जीवाणु बहिर्जीव विष त्यतिबेला पनि रोग उत्पन्न गराउन सक्छन् जुन बेला यिनलाई उत्पन्न गराउने सक्षम जीवाणु मरिसकेका हुन्छन् । विशेष प्रकारका लक्षण १–६ घण्टा पछि देखिन्छ । यो विष ग्रहण गरेको मात्रामा भर पर्दछ । कलासट्रीडिय परफ्रिन्जैन्स, कलासट्रिडियम वोटुलीनम, स्टाफै लोकोकस ओरीयस, बैसीलस सिरियसद्वारा उत्पन्न हुने बहिजीर्व विषका कारराा तीव्र वान्ता हुने गर्दछ ।
दुर्लभ तर संभावित धातक बोटुलिज्म तब हुन्छ जब अनएरोविक बैक्टेरयिम कलासट्रिडियम बोटुलीनमन निम्न अम्ल भएको खाद्य पर्दाथमा अनुचित ढङ्गले डिब्बामा बन्द गरिन्छ । यो बोटुलिनले एक शक्तिशाली पक्षघातकारी विष उत्पन्न गराउँछ । सुडो अल्टेरोमोनाज टेट्रा ओडोनीस, सुडोमोनाज, विब्रीयो तथा अन्य जीवाणुले धातक टेट्रा डोटोकसीन उत्पादन गर्दछन् जुन विघटनको एक उत्पादन हुनुको साटो जीवीत जनावरको आन्द्रामा अधिक मात्रामा रहेका हुन्छन् । ढुसीजन्य विशाक्तता माइकोटोकसीन तथा पाचन सम्बन्धि विषजन्य रोग माइकोटोकसीन शब्दावलीको सन्दर्भ भोजन सेवनको माध्यमबाट माइकोटोकसीनद्वारा विषकताको प्रभावसँग छ ।
कहिले काहीँ माइकोटोकसिनले मानव तथा पशुको स्वास्थमा महत्वपूर्ण प्रभाव पार्छ । उदाहरणका लागि १९६० मा ब्रिटेनमा एफलाटकसीनबाट दुषित बदामको पिना मिसिएको दाना सेवनका कारण भएको प्रकोपको कारराा १ लाख टर्की कुखुराको मृत्यु भएको थियो । द्वितीय युद्घताका सोभियत संघ का ५०० मानिस एलीमेटरी टाकसीक अलोकियाका कारण मारिए जुन सामान्य खाद्यजनित माइकोटोकसीनमा अन्तरनिहित छ । एफलाटोकसीको उद्गम यस परजीलस पारासाइटिकस र एसपरजीलस फलवुस प्रजातिको ढुसीबाट हुन्छ । यी प्रायजसो अन्नका दाना, बदाम, मकै, गहुँ जौ, जै तथा अन्य तेलबालीमा पाइन्छ । एफलाटोकसीनलाई बी १ बी २ जी १ जी २ नामाकरराा गरिएको छ । जसमा एफलाटोकसीनलाई बी १ का रुपमा कलेजोलाई लक्षित गर्दछ । जस्को परिणाम स्वरुप कलेजोमा नेक्रोससि सिरोससि तथा कार्सिनोमा हुने गर्दछ ।
अल्टेरोटोकसीन, अल्टेर्नरिआल, अल्टेनर्रिआल मिथाइल इथर, एल्टेन्युइन अल्टेरोटोकसीन–१ टेनुअजोनिक अभ्ल र रेडिसिनिन अल्टेनेरिआ प्रजातिले उत्पादन गर्ने माइकोटोकसीन मानिन्छ । यी विष घाँस गहुँ, गोलभेडामा पाइन्छन् । यी विषले अन्नहरुलाई सजिलै प्रदुषण गराउँछन् । यसैले अन्न उत्पादनदेखि भण्डारसम्म असल अभ्यास गरिनु पर्दछ ।
फुमोनोसीस मकैबालीलाई फुसरीयम मोनिलिफोर्म दुसीद्वारा सजिलै दुषित हुन सक्छ । त्यसबाट उत्पन्न हने फ्युमो निसिन बी–१ का कारण घोडामा ल्युको एनसफलोमैलासिया बगुरमा पल्मोनैरी एडेमा सिंड्रोमः मुसामा कलेजोको क्यान्सर तथा मानिसमा इसोफेगल क्यान्सर गराउँछ ।
विष प्रायजसो मकै, गहुँ, खाद्यान्न बदाम, चामल पशुको घाँस परालमा पाइन्छ । विषहरु मौखिक सेवन या त्वचीय सम्पर्कबाट पुष्टी र्धक एलुकिआ न्युट्रोपेनीआ अप्लास्टीक एनिमिआ थर्मोबायोसाइटोपेनिआ तथा या छाला चिलाउने जस्ता परिणामित गराउँछ । धेरै जसो खाद्यजनित रोगहरुको विषयमा अझै पनि धेरै अपर्याप्त जानकारी छैन । लगभग ६० प्रतिशतसम्म प्रकोपहरु आय श्रोतका कारण हुने गर्दछन् ।
खाद्यजनित रोगका संकेत लक्षण :
लक्षण विशेष रुपबाट सेवन गरेको केहि घण्टा वा दिनपछि आरम्भ हुन्छ र सम्बन्ध एजेन्टको आधारमा यिनमा निम्न लिखित मध्ये एक वा अधिक लक्षण सम्मिलित हुन सक्छन् । रिङ्गाटा लाग्ने, पेट दख्ने, वान्ता आउने, पखाला लाग्ने आन्द्रा बटारिने, ज्वरो आउने, टाउको दुख्ने थकाइ लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन् ।
अधिकांश मामलामा तीव्र बेचैनी र बिरामीको छोटो अपधि पछि शरीर स्थायी रुपले ठिक हुन्छ । यद्यपी खाद्यजनित रोगको परिणाम स्वरुप विशिष्ट रुपबाट ती मानिसमा जो बढी जोखिममा हुन्छन् तीनमा साना बालबालिका, गर्भवती महिला तथा तीनको भ्रम, बुढाबुढी अन्य रोगबाट ग्रसित तथा दुर्वल प्रतिरोधी प्रणाली भएका अन्य मानिसमा स्थायी स्वास्थ समस्या या मृत्यु पनि हुनसक्छ । कैंपीलो व्याकटर येर्सीनीया साल्मोनेला या शिगेलाका कारण हुने खाद्य जनित प्रतिक्रियात्मक बाथको एउटा विशेष कारण मानिन्छ जुन खासगरी पखाला लागेको १–३ सातापछि देखिन्छ । त्यसैगरि कलेजोको रोगबाट ग्रसित मानिस विव्रियो बल्नीफिकूसको संक्रमणप्रति विशेष रुपले संवेदनशील हुन्छन् । जुन गंगटो तथा शंखे किरामा पाइन्छ । रीफफिस तथा अन्य पशुहरुबाट प्राप्त हुने टेट्रोडोटोकसीनको विषाकताका कारराा अचेत वेहोश हुने सास फेर्न गाँठो हुने गर्दछ जुन प्रायः धातक हुने गर्दछ ।
भोजन विषाक्तताको रोकथाम :
खाद्यको उचित भण्डारका कारण भोजन विषाक्ततालाई रोकन मद्धत गर्दछ । पशु उत्पादनहरु पशुपालनबाट औद्योगिक उत्पादनमा रुपान्तरराा तथा परिदान–पसल तथा भोजनालय) को खाद्य श्रृङखलामा पशु चिकित्साको एक सार्वजनिक सेवाद्वारा सर्वेक्षण एंव स्वच्छताको कठोर नियमहरुको माध्यमबाट रोकथाममा राज्यको मुख्य भूमीका हुनुपर्दछ । यसका लागि अन्वेषणाशीलता अन्तिम उत्पादनमा सामग्रीको उद्गम पत्ता लगाउने–उदम खेत वाली भित्राउने पशुको पहिचान र यो थाहा पाउन सम्भव हुनु पर्दछ कि यसलाई कहाँ र कहिले प्रसंस्कृत प्रसोधन गरिएको थियो । यसरी रोग रोगीको कारण थाहा पाउन सकिन्छ ।
अनी समाधान पनि र संभवत दण्डित गर्न सकिन्छ । यदी समस्या पत्ता लागि सकेमा आन्तरिक उत्पादनलाई बिब्रीबाट हटाउन सकिन्छ । एचएसीसीपी हेर्जाड एनालासीस क्रिटिकल कन्ट्रोल प्वाइन्ट र शित श्रृङखता जस्ता स्वच्छता प्रकृयाहरु प्रवदर्धन एवं प्रयोग गर्ने । पशु चिकित्सकहरुmाई नियमन नियन्त्रण तथा नियमहरु लागु गराउन सशक्त अधिकार प्रत्यायोजन गर्न खाद्यजनित रोगबाट बच्न बचाउन तथा खाद्य सुरक्षा प्रत्याभुती गराउनका लागि अपरिहार्य विश्वव्यापी रुपमा मानिन्छ ।