• मंसिर १४ २०८१, शुक्रबार

लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भयो : प्रधानमन्त्री ओली

जेष्ठ ९ २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनप्रति आपत्ति जनाएका छन् ।

आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका हुन् ।

एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको प्रतिकको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई राखेको कति आनन्द आएको होला भन्दै प्रधानमन्त्री ओलीले कार्टुन प्रति विमत्ति राख्दै भने – लोकतन्त्रका नाममा यसप्रकारका घृणित क्रियाकलाप गर्न,’ ‘राजतन्त्र भनेको एउटा प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विकराल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्व, गणतन्त्रको प्रतिक रहेको संस्थालाई प्रेत, सामन्ती संस्थाको खल्तीमा लगेर राख्ने ।’

प्रधानमन्त्री ओलीले यस्ता क्रियाकलाप लोकतन्त्रले दिएको स्वतन्त्रताको हकको दुरुपयोग भएको दाबी गरे ।