ताप्लेजुङ । आज बिहान ८:४५ बजे एक १६ वर्षीय किशोरले संसारकै अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गर्न सफल भएका छन् ।
ताप्लेजुङ मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् ।
आज बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके)शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए ।