• मंसिर १४ २०८१, शुक्रबार

‘गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !’ : गगन थापा

जेष्ठ ८ २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो बताएका छन् ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा जारी वक्तव्यमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी, उनीलगायतका असभ्य भाषा प्रयोग भएको भन्दै राष्ट्रपति भण्डारीको बचाउ गरेका थिए ।

सोही विषयलाई लिएर कांग्रेसका युवा नेता थापाले फेसबुक मार्फत् भनेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !’

त्यस्तै, उनले आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको पनि स्पष्टीकरण दिएका छन् ।