काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत रहेको बताएका छन् ।
शनिबार वक्तव्य जारी गर्दै सभामुख सपकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गर्दै असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् ।
संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको समेत उनले बताएका छन् ।
उनले अघि भने, ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।’