काठमाडौँ /
संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको विरुद्धमा विपक्षी पाँच दलको गठबन्धन अदालत जाने तयारी गरेका छन्। शुक्रबार कांग्रेस सभापति शेर बहादुर देउवालाई समर्थन गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका ती दलका सांसद सहितका नेताहरु संसद पुन:स्थापनाको मागसहित सर्वोच्च अदालत जाने तयारीमा छन्।
शनिबार संसद भवन बानेस्वरमा १४९ जना सांसद सहित पाँचै दलका नेताहरु बैठक बसेर यस्तो निर्णय गरेका हुन। राष्ट्रपति र प्रधानमन्त्रीले असंबैधानिक तरिकाले षडयन्त्रपुर्वक संसद विघटन गरेकाले यसको सबै प्रकारले प्रतिवाद गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ जानकारी दिए। विपक्षी पार्टीहरुले आफ्ना सांसदहरुलाई आ-आफ्नो नागरिकता सहित आइतबार बजे संसद भवनमा उपस्थित हुन भनेर बोलाएका छन्।
सके आइतबार नसके सोमबार सर्वोच्च अदालत जाने विपक्षी गठबन्धनले तयारी गरेको बुझिएको छ।