• मंसिर १४ २०८१, शुक्रबार

संसद विघटनपछिको रणनीति तय गर्न विपक्षी गठबन्धन बैठक बस्दै

जेष्ठ ८ २०७८, शनिबार

काठमाडौँ /

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरेर मध्यावधी निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दैछ। शनिबार बिहान ११ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताए।

नेपाली काँग्रेस,नेकपा (माओवादी केन्द्र), एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमोर्चाको सो बैठकमा सहभागिता रहनेछ। सो गठबन्धनले शुक्रबार संविधानको धारा ७६ (५) अनुसार काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा राष्ट्रपति समक्ष दाबि प्रस्तूत गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको गतिबिधी र राष्ट्रपतिको कादम असंबैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो।