काठमाडौँ /
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नेबारे बिशेषज्ञहरुसँग परामर्श गरेर मात्रै निर्णय लिने बताएकी छिन।
आफैले दिएको समयसीमा अनुसार शुक्रबार बेलुका ५ बजेभित्रै काँग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम आ-आफूलाई प्रधानमन्त्री दाबि गरेर पेश गरेपछि प्रारम्भिक प्रतिक्रिया दिंदै राष्टपतिले यस्तो बताएकी हुन्।