काठमाडौँ /
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीका डा.बाबुराम भट्टराई, उपेन्द्र यादव समूह र नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूह नयाँ तथा वैकल्पिक सरकार गठनबारे सिंहदरबारमा छलफलमा जुटेका छन्। सिंहदरबारभित्र नेपाली काँग्रेस संसदीय दलको कार्यालय अगाडी विपक्षी दलहरुको बैठक शुरु भएको हो।
छलफलमा काँग्रेस सभापति शेर बहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठनेता माधव कुमार नेपाल, जनता समाजवादीका पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसारको सरकार दाबि गर्ने समय सीमा शुक्रबार बेलुका ५ बजेसम्म तोकेर आव्हान गरेपछि दलहरु तदारुकताका साथ छलफलमा जुटेका हुन।
यस अघी ती दलहरुको छलफल काँग्रेस सभापति देउवा निवास बुधानिलकण्ठमा समेत भए को थियो।