• मंसिर ११ २०८१, मंगलवार

राष्ट्रिय सभामा डा.खिमलाल देबकोटा बिजयी

जेष्ठ ६ २०७८, बिहीबार

काठमाडौँ /

बागमती प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको उप-निर्वाचनमा डा.खिमलाल देबकोटा बिजयी भएका छन्। निकटम प्रतिद्वन्दी बहालवाला गृहमन्त्री राम बहादुर थापा ‘बादल’ लाई हराउदै देबकोटा बिजय भएका हुन्। डा.देबकोटाले ५०८८ मतभार प्राप्त गरे। देवकोटाका निकटतम प्रतिद्वन्दी राम बहादुर थापा ‘बादल’ले ४०१४ मतभार गरेका थिए।

डा. देबकोटालाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एमाले)का वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालको समर्थन रहेको थियो। नेकपा एमाले ओली समूहका उम्मेद्वार भने बादल रहेका थिए।