• चैत्र २६ २०८१, बुधबार

प्यालेष्टिनमाथी इजरायली हमलाको पत्रकार केन्द्रले गर्यो निन्दा

जेष्ठ ६ २०७८, बिहीबार

काठमाडौं । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले इजरायलले प्यालेष्टिन माथी गरेको हमलाको निन्दा गरेको छ । विगत ११ दिनदेखि इजरायली सेनाले प्यालेष्टिानमाथी रकेट आक्रमण गरिरहेको छ र आक्रमणमा सयौं जनाको मृत्यु भएको छ ।

पत्रकार केन्द्रले आज एक विज्ञप्ति मार्फत् निर्दोष प्यालेष्टिनमाथी गरिएको सो आक्रमणको विरोध जनाएको हो ।

केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी विज्ञप्तिमा अमेरिकी साम्राज्यवादको समर्थन र सहयोगमा इजरायली अतिवादी सरकारले प्यालिस्टिनी जनतामाथि लगातार रुपमा गरेको सैनिक हमलामा व्यापक जनधनको क्षति पुर्याएपछि विश्व मानव समुदायलाई क्षुब्ध र आक्रोशित तुल्याएको छ र प्यालेस्टिनी जनतामाथि भएको सरकारको यस प्रकारको मानव संहारकारी बर्बर आक्रमणको विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र कडा रुपमा विरोध र भ्रत्सना गर्दछ र यसप्रकारको मानवता विरोधी जघन्य सैनिक आक्रमण तुरुन्त बन्द गर्न इजरायली सरकारसँग अपिल गरिएको छ ।

इजरायलको यसप्रकारको चरम फासीवादी चरित्रको सो संगठनले निन्दा र विरोध गर्दै स्वाभिमानी प्यालेस्टिनी जनताको सम्प्रभुता, राष्ट्रियता र राष्ट्रिय स्वाधीनता तथा अखण्डता तत्काल कायम गरियोस् भनी माग गरेको छ ।

साथै  विज्ञप्तिमा इजरायलले सञ्चालन गर्दै आएको मानवता विरुद्धको यसप्रकारको बर्बर आतंक रोक्नका लागि संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ–संगठन तथा अन्तर्राष्ट्रिय समुदायले इजरायललाई ध्यानाकर्षण गराउन अनुरोध गरिएको छ ।