काठमाडौँ /
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोरोना खोप सहयोग मागेका छन्। बेलायती राजदुत निकोला पोलिटसँग बिहीबार भएको भेटमा उनले नेपाली नागरिकका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध,कोरोना भाइरस विरुद्धको लडाईमा एकआपसमा आदानप्रदान बारेमा छलफल भएको प्रेस सल्लाकार थापाले जानकारी दिए।