• मंसिर १४ २०८१, शुक्रबार

राष्ट्रिय सभामा बादललाई जिताउन ओलीको अपिल

जेष्ठ ५ २०७८, बुधबार

काठमाडौँ /

भोलि हुने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेद्वार राम बहादुर थापा ‘बादल’ लाई जिताउन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकर्तालाई अपिल गरेका छन्। बुधबार एक अपिल सार्वनजिक गर्दै ओलीले बिहिबार हुन गइरहेको बागमती प्रदेशको राष्ट्रिय सभाको उप-निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि पार्टीका उम्मेद्वार राम बहादुर थापालाई अत्यधिक बहुमतले जिताउन आफ्नो पार्टीबाट जितेका जनप्रतिनिधीहरुलाई आव्हान गरेका हुन्।

बादल नेपालको कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता भएको उल्लेख गर्दै ओलीले आफ्नो अपिलमा बादलको बिजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने बताएका छन्।

‘यस निर्वाचनमा हाम्रो एकताबद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने छ। अत: यस निर्वाचनमा पार्टीका उम्मेद्वार राम बहादुर थापालाई सूर्य चिन्हमा मतदान गरि अत्यधिक मतले बिजयी बनाउन आव्हान गर्दछु।’ ओलीद्वारा जारी गरिएको अपिलमा उल्लेख गरिएको छ।

हेरौं ओलीको अपिल ⇓

 राष्ट्रिय सभामा बादललाई जिताउन केपी ओलीले गरेको अपिल
राष्ट्रिय सभामा बादललाई जिताउन केपी ओलीले गरेको अपिल
 राष्ट्रिय सभामा बादललाई जिताउन केपी ओलीले गरेको अपिल
राष्ट्रिय सभामा बादललाई जिताउन केपी ओलीले गरेको अपिल