काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल भएको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा केन्द्रित भएको थियो ।
बैठकमा स्वास्थ्य संकटकाल लगाउने कि भन्नेबारेमा छलफल भएपनि कुनै निर्णय नभएको एक मन्त्रीले बताए ।
कोरोना संक्रमणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ भने संक्रमण बढ्दै गएपछि स्वास्थ्य संकटकाल लगाइनु पर्ने आवाज उठ्दै आएको छ ।