काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को महामारी जनस्वास्थ्यका मापदण्ड लागु नगरिएकोले संक्रमण बढिरहेको जनाएको छ । यो महामारी नियन्त्रणका लागि नेपालमा केही साता अझै पनि चुनौतीपूर्ण रहने जनाएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएकोले संक्रमण बढिरहेको जनाए । दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि संक्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताए ।
उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गरे । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएकोले संक्रमण बढिरहेको जनाए । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरेको छ ।