रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा आउजाउ गर्न बन्द गरिएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि पालिकाले आउजाउ गर्न बन्द गरेको हो । पालिकाले स्थापना गरेको आइसोलेसनमा हाल ८ जना संक्रमितको उपचार कार्य जारी छ ।
उक्त आइसोलेसनमा ४ वटा अक्सिजन सिलिन्डर राखियको छ भने २० वटा बेडको स्थापना गरिएको छ । पालिकाको पिसिआर रिपोर्ट अनुसार १४ जना संक्रमितमध्ये १२ जना होम आइसोलेसनमा छन । २ जना गापाको आइसोलेसनमा उपचाररत छन् । बाँकी रेउघाबाट उपचारका लागि आएका रहेका छन् ।
सो गापामा जम्मा २० जना कोरोना पोजिटिभ भेटिएका छन् र यो सङ्ख्या बढ्ने सम्भावना उपचारमा खटिएका चिकित्सकले अनुमान गरेका छन् । कोरोनाकै कारण ३ नम्बरका वडाबासी शिव सुनारको गत आइतबार नेपालगञ्जमा निधन भएको त्यहाँबाट झन्कार बुढामगरले जानकारी दिएका छन् ।