काठमाडौं । देशभर प्राय सबै जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशका अधिकांश भागमा निषेधाज्ञा गरिएको अवस्थामा पेट्रोलियम पदार्थको भने मूल्य बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २–२ रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २३, डिजेल तथा मट्टीतेल समान एक सय ६ र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।