काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई बिरामीका आफन्तसँग अक्सिजन नमाग्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए । उनले अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनु भनेको सूचना अएको बताउदै सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गरेको जानकारी दिए ।