संसारमा हरेक विषयमा अनौठा अनौठा परम्परा हुन्छन् । ती परम्पराहरुमा रोचकता एवम् आ–आफ्ना साँस्कृतिक झलकहरु पनि प्रशस्त मात्रामा देख्न र अनुभव गर्न पाइन्छन् । यस्तै रोचक परम्परामध्ये हाम्रै देशसँग जोडिएको देश भारतको राजस्थानमा पनि यस्तै एउटा परम्परा रहेको छ । राजस्थानमा रहेको एउटा समुदायमा यस्ता परम्परा छ, जुन तपाईंले थाहा पाउनुभयो भने निक्कै आश्चर्यमा पर्न सक्नुहुन्छ ।
राजस्थानमा रहेको एउटा समुदायमा विहे नभएका अथवा विहे गर्न बाँकी पुरुषलाई परिवारमा अन्य सदस्यहरुले कुटपिट गर्ने परम्परा रहेको छ । उनीहरुलाई परिवारका महिला सदस्यहरु भाउजु, आमा तथा अन्य विवाहित महिलाले कुटपिट गर्ने गर्छन् । उनीहरुको मान्यता अर्थात् विश्वास यो छ कि अविवाहित युवकलाई जोड्तोडले कुटपिट गरेपछि अर्को साल ती युवकको विहे हुन्छ भन्ने मान्यता रहेको छ ।
आफ्नो विहे नभएर पिर, चिन्ता र मानसिक तनावमा परेको युवकमाथि झन् आफ्नै परिवारका, त्यसमाथि पनि आमा र भाउजुहरुको हातबाट कुटाई खाँदा त्यस्ता युवकको मनस्थिति कस्तो होला ? यही परम्परा सर्दै तपाईंको घरमा पनि आयो र यदी तपाईं पनि अविवाहित हुनुहुन्छ भने यसबाट बच्न छिट्टै विवाह गर्नुहोस् । विवाह गर्नुहुने भयो भने हामीलाई निम्तो दिन चाँही नबिर्सनु है ।
बनेपा–४ काभ्रे, नाला
हाल, गोंगबुँ, काठमाडौं ।