• मंसिर १४ २०८१, शुक्रबार

ओली-नेपालको विवाद मिलाउन बन्यो वार्ता टोली

जेष्ठ २ २०७८, आईतवार

काठमाडौं/

नेकपा (एमाले)को विवाद मिलाउन केपी ओली र माधव नेपाल पक्षको पाँच/पाँच जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको ‘वान टु वान’ वार्तामा दुबै तर्फबाट पाँच/पाँच जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।