• मंसिर १२ २०८१, बुधबार

‘अस्पतालले संक्रमितको उपचार गर्न सक्दिन भन्न पाइँदैन’

जेष्ठ १ २०७८, शनिबार

लुम्बिनी । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठले कोरोना महामारीको बेला कुनै पनि बहानामा कसैले हात उठाउन नमिल्ने बताएका छन् ।

कोरोना संक्रमितका बिरामीले भरिभराउ रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) र भीम अस्पताल भैरहवाको आज अलग अलग स्थलगत निरीक्षण गर्दै उनले भने ‘हामी महामारीको युद्धसँग जुधिरहेको छौं । यस्तो बेला अस्पतालले संक्रमितको उपचार गर्न सक्दिन भन्न पाईदैन ।’

छलफलका क्रममा उनले युसिएमएसका प्रमुख प्रशासकीय अधिकृत कमल ढकाल सहितको टिमलाई अस्पतालमा रहेको अक्सिजन प्लान्ट तत्काल सञ्चालन गर्न निर्देशन दिए ।

प्रशासीय अधिकृत ढकालले भने, ‘अहिले ९० श्यया एचडियू र १० श्यया आइसियू सञ्चालनमा रहेको भए पनि केही दिनदेखि अक्सिजनको अभाबले श्यया सङ्ख्या पनि कटौति गर्नुपरेको छ । अक्सिजन प्रयाप्त पाउने हो भने २०० श्यया कोभिडको लागि अस्पताल पूर्ण रुपमा चलाउन सक्छौं । ’

मन्त्री श्रेष्ठले जिल्लाको सरकारी अस्पतालको रुपमा रहेको भीम अस्पतालको व्यवस्थापकीय टीमसँग पनि छलफल गरेका थिए। छलफलमा अस्पतालका मेसु डा सकुन्तला गुप्ताले अस्पतालमा जनशक्तिको अभाव रहेकाले महामारीसँग जुध्न समस्या परिरहेको जानकारी दिए ।