काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोरोना महामारी बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै तीन अध्यक्षको बैठकले महाधिवेशन उपयुक्त समयमा घोषणा गर्नेगरी स्थगित गरेको हो ।
राप्रपाको महाधिवेशन यसअघि पनि स्थगित भएको थियो । वैशाख अन्तिम साता तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै २२–२५ जेठमा गर्ने तय भएपनि कोरोनाका कारण स्थगित गरिएको छ ।