• मंसिर १४ २०८१, शुक्रबार

ओली-नेपालबिच दुई पक्षीय वार्ता सकियो,जेठ २ गते नै फर्कनेबारे सहमति गर्ने

बैशाख ३१ २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको वार्ता सकिएको  छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले ०७५ जेठ २ गते नै फर्कनेबारे सहमति गर्ने निश्कर्ष निकालेको छ ।

नेता भीम रावलले आजको वार्ता गम्भीरतापूर्वक अघि बढेको बताए ।  माओवादी केन्द्रबाट आएका नेताहरुको जिम्मेवारी लगायतका विषयमा गृहकार्य गर्न कार्यदल बनाउने सहमति भएको समेत उनले बताए । 

आजको छलफलमा छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल थिए । त्यसैगरी नेपाल पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी रहेको थियो ।     नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ ।