काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबिच सिंहदरवारमा दुई पक्षीय वार्ता चलिरहेको छ।
पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पक्षबीच छलफल शुरू भएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरू भएको छलफलमा एमालेका ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको सहभागिता रहेको छ ।
छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन् । त्यसैगरी नेपाल पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन् ।