• मंसिर १४ २०८१, शुक्रबार

प्रधानमन्त्री पदका लागि कसैले पनि दाबी पेश गरेनन् : राष्ट्रपति कार्यालय

बैशाख ३० २०७८, बिहीबार

 काठमाडौं ।  राष्ट्रपति कार्यालयले प्रधानमन्त्री पदका लागि नियुक्त गर्न प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो दाबी पेश गर्न गरिएको आह्वानमा कसैले पनि दाबी नगरेको जानकारी दिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा धेरै दल मिलेर सरकार बनाउन दिएको तीन दिने म्याद आज ९ बजे राति सकिएको छ । वैशाख २७ गतेदेखि बिहीबार ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वान गरिएको तर त्यसमा कुनै नि दाबी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज एक विज्ञप्ति मार्फत  जानकारी दिएका छन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।’ विज्ञप्तिमा लेखिएको छ ।