काठमाडौं । सरकारले सम्पूर्ण निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै सय बेड भएका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न भनेको हो ।
मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी सूचनामा अक्सिजनको आपूर्ति सहज बनाउन कम्तिमा सय बेड भएका सम्पूर्ण निजी अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकारी गराउन भनिएको छ ।