काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीसँग ठोस प्रस्ताव र लिखित सहमति बिना
सम्झौता गर्न नहुने धारणा राखेकी छन् ।
अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानीलकण्ठमा निर्णायक वार्ता भइरहँदा नेतृ झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा ठोस प्रस्ताव बिनाको संवादको अर्थ नहरेको बताएकी हुन् ।
उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ । ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन । जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ । सचेत बनौँ ।’