• मंसिर १४ २०८१, शुक्रबार

बुढानिलकण्ठमा ओली-नेपालबीच भेटवार्ता शुरु

बैशाख ३० २०७८, बिहीबार

काठमाडौँ /

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच राजधानीमा भेटवार्ता शुरु भएको छ। बुढानिलकण्ठको चपलीस्थित एक उद्योगी को घरमा दुई नेताबीच भेटवार्ता शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेको थियो । बिहीबार नै नेता नेपालसँग ओली पक्षका नेता विष्णु पौडेलले भेटवार्ता गरेका थिए ।

ओली र नेपालको भेटवार्ता भएको घर उद्योगी क्याप्टेन रामेश्वर थापाको घर भएको बुझिएको छ ।