• मंसिर १४ २०८१, शुक्रबार

‘राष्ट्रको मिसन कोभिड-१९’ हुनुपर्ने एमाले नेता भट्टराईको ध्यानाकर्षण

बैशाख ३० २०७८, बिहीबार

काठमाडौँ /

एमालेनेता तथा पुर्वमन्त्री योगेश भट्टराईले ४ बुंदामा सरकारलाई ध्यानाकर्षण गराउदै हरेक दिन बिरामीहरुको अकाल मृत्यु र उनीहरुका परिवारको चित्कारले सरकार र भाग्यले बाँचेका मानिसहरु लाचार बनेको अबस्था औंल्याएका छन्। विगतदेखि आजसम्मका सरकारहरुले जनताको सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमूख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिष्फोट भोग्न परेको उनले बताएका हुन्।

यस्तो सम्बेदनशील अबस्थामा भइरहेका अस्वस्थ राजनैतिक चलखेलहरुबाट सरकार, राज्ययन्त्र तथा राजनैतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गयर यो राजनैतिक व्यवस्था नै धरापमा पर्न सक्ने सम्भावना औंल्याउदै ४ बुंदामा उनले सरकारको ध्यानार्कषण गराएका छन्।

नेता भट्टाराईले ध्यानार्कषण गराएका चार बुँदा यस्ता छन्

१) अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।

२) २०७२ को महाभुकम्प पछी जसरी राजनीतिक बिमतीहरुलाई थाती रखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाँका बीचमा १६ बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।

३) सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।

४) आर्थिक अभाव हुन नदिने । अन्य शिर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खखटिएको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।