• मंसिर १२ २०८१, बुधबार

सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले घट्यो

बैशाख ३० २०७८, बिहीबार

काठमाडौं । बिहीबार सुन र चाँदी दुवैको मूल्‍य घटेको छ । सुनको मूल्‍य तोलामा चार सय र चाँदीको मूल्‍य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्‍यबिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्‍य ९१ हजार एक सय रुपैयाँमा झरेको छ । चाँदीको मूल्‍यअघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा आइपुगेको छ ।