• मंसिर १२ २०८१, बुधबार

विरामीलाई रगतको कमि हुन नदिन रक्तदान गरियो

बैशाख ३० २०७८, बिहीबार

 रिदेन महर्जन, काठमाडौं । कोरोना भाइरसको दोस्रो महामारीमा विरामीलाई रगतको कमी हुन नदिनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजले आकस्मिक विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

निषेधाज्ञाको बावजुद पनि काठमाडौं महानगरपालिका वडा नम्बर २० नगर समितिले बुधबार  चिकँमूगल टोल डबलीमा आकस्मिक विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा २८ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।

कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको हो । विशेष आकस्मिक रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष राजेन्द्र मानन्धर, महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्ल पनि उपस्थिति थिए ।