• मंसिर १२ २०८१, बुधबार

जेठ २ गतेबाट कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिने

बैशाख २९ २०७८, बुधबार

काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेदेखि लगाउन सुरु गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप अभियान सञ्चालन गर्ने भएको छ ।

खोप काठमाडौँ महानगरपालिका, कीर्तिपुर, नागार्जुन, चन्द्रागिरि, तारकेश्वर,  बुढानिलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।